+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आईएमई बैंकले तीन महिनामा कमायो १ अर्ब ८५ करोड नाफा

ग्लोबल आईएमई बैंकले तीन महिनामा कमायो १ अर्ब ८५ करोड नाफा
पालिका लाइभ
२०८२ कार्तिक २१, शुक्रबार

काठमाडौं– ग्लोबल आइएमई बैंकको पहिलो त्रैमासको नाफा २ अर्ब नजिक पुगेको छ । बैंकले पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब ८५ करोडको नाफा देखाएको हो ।

यो गत आर्थिक वर्षभन्दा २२.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड खुद नाफा कमाएको थियो।

त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.४४ प्रतिशत बढेको छ।

चालु आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी पछि बढेको छ। ०.३४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशत बढेको हो

पहिलो त्रैमासको मुनाफाबाट बैंकको लगानीकर्तालाई दिन सक्ने लाभांश क्षमता पनि प्रतिकित्ता २२ रुपैयँ ९५ पैसा पुगेको छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।