+
Search

ताजा अपडेट +

पपुलर +

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु

पालिका लाइभ
२०८२ कार्तिक १३, बिहीबार

काठमाडौं– बुटवलमा एक कार्यक्रममा भाषण गर्दागर्दै एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।

रुपन्देहीमा १३ वटा उद्योगमा भएको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रममा सहभागी भएका गौतम बिहीबार दिउँसो कार्यक्रममा भाषण गर्दै गर्दा अचानक ढलेका थिए ।

उनलाई तुरुन्तै उपचारका लागि तिलोत्तमा नगरपालिकास्थित मणिग्रामको क्रिमसन अस्पताल पु¥याइएको थियो । तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन् ।

एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले गौतमको मृत्यु भएको पुष्टि गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाएका थिए । उनले श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा उत्रिन आह्वान गर्दै भाषण गरिरहेका बेला बेहोस भई ढलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ