+
Search

ताजा अपडेट +

पपुलर +

टी-२० विश्वकप छनोट :

आज ओमानलाई हराएर अपराजित रहँदै सिधै विश्वकपमा पुग्ने नेपालको लक्ष्य

फाइल तस्बिर
पालिका लाइभ
२०८२ आश्विन २९, बुधबार

काठमाडौं- आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो तेस्रो खेलमा नेपाल आज (बुधबार) ओमानसँग भिड्दै छ।

ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ।

ओमानलाई हराए नेपाल अपराजित रहँदै एक खेलअगावै विश्वकपका लागि छनोट हुनेछ। सुपर सिक्समा नेपाल र ओमान मात्र अहिलेसम्म अपराजित टोली हुन्।

त्यसैले आज राति हुने यो खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने विश्वास छ। किनकि यो खेल जिते ओमान पनि अपराजित रहँदै सिधै विश्वकपमा पुग्नेछ।

आजको खेल हारेमा भने विश्वकपमा पुग्न नेपालले शुक्रबार हुने सुपर सिक्सको अन्तिम खेलमा सामोयालाई हराउनुपर्नेछ।

सुपर सिक्समा ३ खेलबाट ओमान र नेपालको समान ६ अंक छ। तर नेट रनरेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छन्।

समान २ अंक भएका यूएई तेस्रो र जापान चौथो स्थानमा छन्। विश्वकप छनोटका लागि यूएई र जापानबीच अहिले प्रतिस्पर्धा चलिरहेको छ।

आजै हुने पहिलो खेलमा जापान र कतार भिड्दै छन्। यूएई भने सामोयासँग प्रतिस्पर्धा गर्नेछ।

सुपर सिक्समा यूएईविरुद्ध १ रनको रोमाञ्चक जित हासिल गरेको नेपालले दोस्रो खेलमा कतारलाई ५ रनले हरायो।

समूह चरणमा नेपालले जापानलाई ५ विकेट र कुवेतलाई ५८ रनले जितेको थियो। सुपर सिक्समा ओमानले यूएईलाई ५ विकेट र कतारलाई ३४ रनले हराएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ