+
Search

ताजा अपडेट +

पपुलर +

जेनजी आन्दोलन :

जंगी अड्डा पुगे मेयर हर्क साम्पाङ, भने- प्रधानमन्त्री बन्न तयार छु

हर्कका समर्थकलाई जंगी अड्डाले भन्यो- आज नाम टिपाएर जानुस्, भोलि सम्पर्क गर्नुस्

पालिका लाइभ
२०८२ भाद्र २५, बुधबार

काठमाडौं- धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ राईले आफू देशको प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् ।

जङ्गी अड्डा परिसरमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले युवाहरूले नेतृत्व दिए प्रधानमन्त्री बन्न तयार रहेको बताएका हुन् ।

जेनजी युवाहरूको एक समूहले सुशीला कार्कीको नेतृत्व प्रस्ताव गरेपछि हर्क साम्पाङ आफ्ना केही समर्थकसहित जङ्गी अड्डा पुगेका थिए ।

त्यसपछि सेनाको मुख्यालयमा बालेनले नेतृत्व लिन नमाने हर्कले लिनुपर्ने भन्दै जेनजीहरुबिच विवाद भएको थियो । तर केही जेनजी युवाहरूले सुशीला कार्की नै अहिलेको समयमा उत्तम भनेका छन् ।

सैनिक मुख्यालयमा जेनजी प्रतिनिधिहरु सुशिला कार्कीको नाम नयाँ प्रधानमन्त्रीको रुपमा देखिएपछि युवाहरु विरोधमा उत्रिएका छन्। असन्तुष्ट युवाहरुले जंगीअड्डा अगाडी नाराबाजी गर्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेतृत्व गर्नुपर्ने बताएका छन् ।

तर जेनजीका प्रतिनिधिहरुले बालेन सम्पर्कमा नआएको बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ