+
Search

ताजा अपडेट +

पपुलर +

नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन

पालिका लाइभ
२०८२ भाद्र ३, मंगलवार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटो शोको आज उद्घाटन गरेका छन् ।

WhatsApp Image 2025 08 19 at 15.24.53 98cd53fb

भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।

WhatsApp Image 2025 08 19 at 15.24.54 c47c3306

उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए ।

WhatsApp Image 2025 08 19 at 15.24.55 05ba464c

‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन’, उनले भने, ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरु बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान दिनुहोस् ।’

WhatsApp Image 2025 08 19 at 15.24.53 98cd53fb

 

WhatsApp Image 2025 08 19 at 15.24.53 14c07556

WhatsApp Image 2025 08 19 at 15.24.54 2ec42e45

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ