+
Search

ताजा अपडेट +

पपुलर +

मुस्ताङमा हुने जलवायु परिवर्तन सम्मेलनमा ७५३ वटै स्थानीय तहलाई निमन्त्रणा

मुस्ताङमा हुने जलवायु परिवर्तन सम्मेलनमा ७५३ वटै स्थानीय तहलाई निमन्त्रणा
पालिका लाइभ
२०८२ श्रावण ३०, शुक्रबार

काठमाडौं– जलवायु परिवर्तनका असरहरू न्यूनीकरण र अनुकूलनका लागि साझा ऐक्यबद्धता जनाउने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका स्थानीय तहहरूलाई एकै स्थानमा भेला गराउने तयारी गरेको छ ।

गाउँपालिकाले आगामी भदौ ३१ गते जोमसोममा राष्ट्रिय स्तरको ‘जलवायु परिवर्तन सम्मेलन’ आयोजना गर्ने घोषणा गर्दै नेपालका सबै ७५३ वटै गाउँपालिका तथा नगरपालिकाका प्रमुख र अध्यक्षहरूलाई निमन्त्रणा पत्र पठाइसकेको छ ।

तराई, पहाड र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरबारे राष्ट्रिय स्तरमा साझा धारणा बनाउने र न्यूनीकरणका लागि सबै स्थानीय तहको ऐक्यबद्धता जुटाउने लक्ष्यका साथ सम्मेलन आयोजना गर्न लागिएको घरपझोङ गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया