+
Search

ताजा अपडेट +

पपुलर +

नेप्से २.०७ अंकले घटेर २९६२.१३ विन्दुमा, १९ अर्बभन्दा बढीको कारोबार

नेप्से २.०७ अंकले घटेर २९६२.१३ विन्दुमा, १९ अर्बभन्दा बढीको कारोबार
पालिका लाइभ
२०८२ श्रावण १२, सोमबार

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आइतबार १८.४४ अंकले घटेको नेप्से सोमबार २.०७ अंकले घटेको हो ।

सोमबार नेप्सेमा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २९६२.१३ अंकमा झरेको छ । सोमबार नेप्सेमा कारोबार भएकामध्ये १५६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ९४ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।

आजको कारोबारमा समता घरेलु लघुवित्तको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै घाटा खाए ।

आजको कारोबारमा विकास बैंक, वित्त, उत्पादन र व्यापार बाहेक अन्य समूहको उपसूचकमा गिरावट आएको छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।