तनहुँ- बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, टाइफाइड, डेङ्गु र रुघाखोकीलगायतका बिरामीहरुको सङ्ख्या वृद्धि हुन थालेको छ ।
१५ शय्या क्षमताको सो अस्पताल केही दिन देखि बिरामीले भरिभराउ हुन थालेको छ ।
हाल अस्पतालमा दैनिक १०० बढी बिरामी उपचारका आउने गरेका द्धन् । यसअघि दिनमा ३५र४० बिरामी आउने गरेका थिए ।
अस्पतालबाट प्रभावकारी सेवा पाउन थालेपछि बिरामीको चाप बढ्दै गएको छ ।
बिरामीको सङ्ख्या दैनिक बढ्दो देखिएपछि पानीको स्रोतमा ‘कोलिफर्म’ परीक्षण गर्न थालिएको छ ।
अस्पतालले वैशाख १ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा दिइएको छ ।
उपचारमा आउने बिरामीलाई टिकट निस्शुल्क गरिएको छ ।
प्रतिक्रिया