+
Search

ताजा अपडेट +

पपुलर +

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
पालिका लाइभ
२०८२ बैशाख ३०, मंगलवार

काठमाडौँ- आगामी जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी गराएका हुन् ।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ । समूह दशमा रहेका सांसदहरूले जेठ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न बुझाउन समेत सभामुख घिमिरेले आग्रह गरे ।

प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयमा सांसदहरूले प्रश्न सोध्न सक्नेछन् ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।