+
Search

ताजा अपडेट +

पपुलर +

संसद्का दुवै सदनको बैठक बस्दै, सांसदले उठाएका पश्नको प्रधानमन्त्रीले जवाफ दिने

संसद्का दुवै सदनको बैठक बस्दै, सांसदले उठाएका पश्नको प्रधानमन्त्रीले जवाफ दिने
फाइल तस्बिर
पालिका लाइभ
२०८२ बैशाख २८, आईतवार

काठमाडौं– संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूको जिज्ञासा र प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।

नीति तथा कार्यक्रममाथि दर्ता भएका ३७ संशोधन प्रस्तावलाई निर्णयका लागि प्रस्तुत गरिने छ । वैशाख २२ गतेदेखि प्रतिनिधिसभामा यो विषयमा छलफल सुरु भएको थियो ।

प्रधानमन्त्रीको जवाफ पछि सभामुख देवराज घिमिरेले सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रममालाई सदन समक्ष निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफलका लागि प्रस्ताव पेश गर्ने छन् ।

राष्ट्रियसभामा पनि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने र संशोधन प्रस्तावलाई निर्णयका लागि प्रस्तुत गरी पारित गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।