+
Search

ताजा अपडेट +

पपुलर +

नीति तथा कार्यक्रम

नगर विकास कोषलाई पुनर्संरचना गरिने

नगर विकास कोषलाई पुनर्संरचना गरिने
पालिका लाइभ
२०८२ बैशाख १९, शुक्रबार

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा नगर विकास कोषलाई पुनर्संरचना गरिने नीति लिएको छ ।

संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नगर विकास कोषलाई पुनः संरचना गरिने जानकारी दिए ।

‘सहरी पूर्वाधारका लागि थप पुँजी परिचालन गर्न नगर विकास कोषलाई पुनः संरचना गर्दै यसको स्वामित्व संघ, प्रदेश, स्थानीय तह र वित्तीय संस्थाहरूको बीचमा वितरण गरिनेछ,’ उनले भने, ‘आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाइनेछ ।’

काठमाडौं उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण र अन्य पर्यावरणीय सुधारका कार्यहरू गरिने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।