+
Search

ताजा अपडेट +

पपुलर +

पुनः बढ्यो काठमाडौंको प्रदूषण, विश्वकै प्रदूषित शहरको सूचीमा दोस्रो नम्बरमा

पुनः बढ्यो काठमाडौंको प्रदूषण, विश्वकै प्रदूषित शहरको सूचीमा दोस्रो नम्बरमा
पालिका लाइभ
२०८२ बैशाख ४, बिहीबार

काठमाडौं – वर्षा भए संगै गएको हप्ताबाट घटेको काठमाडौंको वायु प्रदूषण आज पुनः बढेको छ ।

वर्ड एयर क्वालिटी इन्डेक्स (एक्यूआई)को बिहान साढे १० बजेको रेकर्ड अनुसार काठमाडौंको आईक्यूएयर १६६ रहेको छ । जुन स्वास्थ्यका हिसाबले एकदमै नराम्रो मानिन्छ ।

आज विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा बंगलादेशको राजधानी ढाका रहेको छ । जहाँको एक्यूआई १७५ रहेको छ । तेस्रोमा सेनेगलको डकार (१५६) रहेका छन् ।

० देखि ५० सम्मको एक्यूआईलाई मात्र स्वास्थ्यका हिसाबले स्वच्छ मानिन्छ । तर आज काठमाडौंमा प्रदूषणको मात्रा तेब्बरले बढेकाले स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।

अत्यावश्यक काम बाहेक घर बाहिर नजान, बाहिर निस्किँदा मास्क प्रयोग गर्न सुझाव दिएका छन् ।

आज काठमाडौंको आकाश बिहानै देखि बादल तथा तुवाँलोले भरिएको छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।