+
Search

ताजा अपडेट +

पपुलर +

वसन्तपुरमा ठड्याइयो चीर, विधिवत रूपमा सुरु भयो होली (तस्बिरसहित)

पालिका लाइभ
२०८१ फाल्गुन २३, शुक्रबार

काठमाडौं– आजबाट रङहरूको पर्व फागु अर्थात् होली विधिवत रूपमा सुरु भएको छ । काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ शुक्रवार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो । बिहान ८ बजेर ३३ मिनेटको साइतमा चीर ठड्याइएको हो ।

फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । परम्परा अनुसार रंगी चंगी कपडाका टुक्राहरू झुन्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ ।

Holi basantarpur

तीन तले छत्र र त्यसमा रंगीचंगी कपडाका टुक्राहरू झुन्डिएका करिब ३० फीट अग्लो चीरलाई ठड्याइएको छ ।

वसन्त उत्सवका रूपमा समेत मनाइने रंगहरुको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महत्त्व रहेको छ । यसै शुभ साइतमा हनुमान ढोका परिसर, हनुमान ढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरुखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरू झुन्ड्याइएको चीर गाडिएको छ ।

51515 holi

वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रूपमा लिइन्छ । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबीर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

basantarpur

धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भीष्म भइन् । आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।

hoooi

पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै वसन्त ऋतु प्रारम्भ हुन्छ । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबीर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

145151515 hoi

यसैगरी भक्तपुरमा दत्तात्रय मन्दिर संगै रहेको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिएको छ । फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको लिङ्ग लाई टोल टोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखिन्छ । नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ ।

515615holi

होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहे पनि भक्तपुरमा भीमसेनसँग सम्बन्धित रहने गरेको छ । होली पर्व सुरु भएपछि फागुन नवमीको दिनमा भीमसेनको लिङ्गलाई दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे लिङ्ग दर्शनका लागि लगिने परम्परा रहेको छ ।

1515 holi

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ