+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीले नैतिकरुपमा राजीनामा दिनु उपयुक्त हुन्छ : प्रचण्ड

पालिका लाइभ
२०८१ माघ ४, शुक्रबार

काठमाडौं– प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप गाएका छन् । उनले सरकारले नैतिकता गुमाएकै कारण राजीनामा दिन उचित हुने पनि बताए ।

शुक्रबार विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

bipakshi dal 1 1536x1025 1

‘संविधान संशोधन त प्रधानमन्त्री ञआफैंले ०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन इत्यादी आदिका बारेमा उल्टो गतिविधि गरिसकेपछि नैतिक रुपमा सरकारमा बसिसकेको आधार गुमाएको छ,’ प्रचण्डले भने, ‘नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । यसको अर्थ हामी सरकारमा जान खोजिएको भन्नु हुँदैन ।’

विपक्षी दलहरू देशको स्थितिप्रति निकै चिन्तित भएको भन्दै सरकारले आफूहरूको कुरालाई नजर अन्दाज गरेको खण्डमा विशेष अधिवेशन मात्रै नभइ सडकमै पुग्न पनि सक्ने बताए ।

याे पनि,

विपक्षी दलको निष्कर्ष: भू-माफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतले अध्यादेश ल्यायो

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ