+
Search

ताजा अपडेट +

पपुलर +

४.९९ प्रतिशत ब्याजदरमै दिपल ईभी खरिद गर्न सकिने

४.९९ प्रतिशत ब्याजदरमै दिपल ईभी खरिद गर्न सकिने
पालिका लाइभ
२०८१ पुष १७, बुधबार

काठमाडौं– नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले ४.९९ प्रतिशत निश्चित ब्याजदरमा दिपलका ईभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०२५ को अवसर पारेर कम्पनीले ग्राहकका लागि यस्तो योजना सार्वजनिक गरेको हो ।

‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब ईभी प्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक ईभी दिपललाई कम ब्याजदरमा सहज रूपमा खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) सँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा कम्पनीको छ ।

यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदर मात्र होइन निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसमार्फत पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउने कम्पनीले जनाएको छ ।

सन् २०२४ मा नेपालमा दिपल ईभीले प्राप्त गरेको सफलतालाई मनाउन ‘न्यु इयर, न्यु दिपल’ योजनाअघि सारिएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।