+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकका ग्राहकले बागलुङको न्यू होटल पिस प्यालेस र होटल दि राजनमा छूट पाउने

प्रभु बैंकका ग्राहकले बागलुङको न्यू होटल पिस प्यालेस र होटल दि राजनमा छूट पाउने
पालिका लाइभ
२०८१ जेष्ठ २१, सोमबार

काठमाडौं- प्रभु बैंकका कर्मचारी र ग्राहकहरूले बागलुङको न्यू होटल पिस प्यालेस र होटल दि राजनमा विशेष छूट पाउने भएका छन्। बैंकले होटलसँग विशेष छूट दिनेबारे सम्झौता गरेको छ।

छुट्टाछुट्टै समारोहका बीच भएको सम्झौतामा न्यू होटल पिस प्यालेसका संचालक निलेश राजभण्डारी, होटल दि राजनका संचालक एन्जिल शाक्य र प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु राना मगरले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छूट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन्।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।