+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंकका २५ जना कर्मचारी सवार बस दुर्घटनाग्रस्त

ग्लोबल आइएमई बैंकका २५ जना कर्मचारी सवार बस दुर्घटनाग्रस्त
पालिका लाइभ
२०८१ जेष्ठ १७, बिहीबार

काठमाडौं– बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटनाग्रस्त भएको छ । बाग्मती प्रदेश ००१ प १७३२ नम्बरको बस साँझ ६ बजेको समयमा खुर्कोट नजिकैको बारा घुम्तीमा दुर्घटनामा परेको बताइएको छ ।

बसमा ग्लोबल आइएमई बैंकका २५ जना कर्मचारी सवार रहेको बताइएको छ । दुर्घटनाका केही घाइतेलाई सुनकोशी सामुदायिक अस्पताल र सुवजीवन अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

बस महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै थियो। दुर्घटनामा केही गम्भीर घाइतेलाई खुर्कोटस्थित अस्पतालमा र केहीलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनीहरू बर्दिवासमा तालिममा सहभागी भएर फर्किंदै थिए।

बस सडकबाट ३० मिटर खसेको थियो। दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।