पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । उनले बिहान ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।
राजीनामा दिनुअघि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् बैठक बसालेका थिए । सो बैठकमा उनले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए ।
गत फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसदमा विश्वासको मत लिनुपर्ने थियो ।विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने भएका हुन् । मुख्यमन्त्री पाण्डे पुनः ठुलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा रहेका छन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । एकीकृत समाजवादी प्रवेश गरेर अहिले फेरि स्वतन्त्र हैसियत मागेका दीपक मनाङेलाई पाण्डेले भौतिक मन्त्री बनाएका छन् ।
गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ । अहिलेको समीकरणमा राप्रपा, मनाङेको मत पाएर पनि बहुमत पुग्दैन ।
याे पनि,
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिदै
पुनः मुख्यमन्त्री बन्ने दाउमा गण्डकीका मुख्यमन्त्री पाण्डे, राजीनामाको तयारीमा
गाेरखा पुगेर मुख्यमन्त्री पाण्डेले भने- गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन हुन्छ
४० जनाको जम्बो टोली लिएर गण्डकीका मुख्यमन्त्री पाण्डे मुस्ताङमा
गण्डकी प्रदेश सरकारका सय दिन : सुरु गरेका काम रोकिए, दीर्घकालीन योजनामा छैन ध्यान
गण्डकीकाे बजेट पारितकाे खुसियालीमा ‘अतिथि रिसाेर्ट’मा मुख्यमन्त्रीकाे रात्रीकालिन भाेज
पालिका लाइभ
पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।
प्रतिक्रिया