+
Search

ताजा अपडेट +

पपुलर +

आगामी आर्थिक वर्षको कर नीतिका लागि राजस्व विभागले माग्याे सुझाव

पालिका लाइभ
२०८० चैत्र १६, शुक्रबार

काठमाडौं- आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा गठित राजस्व परामर्श समितिलाई सुझाव दिने प्रयोजनका लागि राजस्व विभागले सरोकारवाला विज्ञ तथा सर्वसाधारणसंग राजस्व नीतिको सुझाव माग गरेको हो ।

आयकर, मूल्य अभिवृद्धि कर,अन्तःशुल्क शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर (डीएसटी), ई कमर्समा लगाइने कर लगायत आर्थिक ऐन बमोजिम लगाइने अन्य आन्तरिक कर तथा समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानुनी सुधार तथा प्रक्रियागत सरलीकरण सम्बन्धी सुझावहरु तोकिएको मिति र ठेगानामा पठाउन विभागले अनुरोध गरेको छ ।

इच्छुक व्यक्ति संस्था वा निकायले २०८० चैत्र ५ गतेसम्ममा विभागको कार्यालयमा सुझाव उपलब्ध गराई सक्नुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ