+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली डिजिटल बैंकिङ क्षेत्रको रूपान्तरण प्रयासमा लक्ष्मी सनराइज बैंक

पालिका लाइभ
२०८० माघ १२, शुक्रबार

काठमाडौं– लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ सेवा ‘ओरेन्ज एनएक्सटी’को थालनी गरेको छ ।

एफवान सफ्ट अन्तर्गतको ‘फोन एनएक्सटी’ सँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ ।

‘ओरेन्ज एनएक्सटी’ ले मोबाइल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि लिएर मुद्दती खाता, गोल बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरु प्रदान गर्ने बैंकको भनाइ छ ।

ग्राहकहरुको बदलिंदो आवश्यकता अनुकूल बैंकिङ सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्‍याउनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार नेपालको डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा ओरेन्ज एनएक्सटी कोशेढुंगा साबित हुन सक्छ ।

परम्परागत मोबाइल बैंकिङ सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, ‘ओरेन्ज एनएक्सटी’ मार्फत बैंकिङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ सेवा प्रदान गरिनेछ ।

‘फोन एनएक्सटी’ का प्रमुख कार्यकारी अधिकृत सनतकुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ प्रदान गर्ने मुलभूत उद्देश्यले ओरेन्ज एनएक्सटीको विकास गरिएको हो ।

परिकल्पनात्मक सोचबाट प्रेरित यस ओरेन्ज एनएक्सटीले बैंकिङ अनुभवलाई आमूल परिवर्तन ल्याउँदै ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने उनको विश्वास छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ