+
Search

ताजा अपडेट +

पपुलर +

आर्थिक क्रियाकलाप कम भएकाले राजस्वमा पनि चाप पर्न थाल्यो : मुख्यसचिव अर्याल

आर्थिक क्रियाकलाप कम भएकाले राजस्वमा पनि चाप पर्न थाल्यो : मुख्यसचिव अर्याल
पालिका लाइभ
२०८० आश्विन २४, बुधबार

काठमाडौं- नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सरकारले पुँजीगत खर्च गर्न नसक्दा आर्थिक क्रियाकलाप विस्तार हुन नसकेको बताएका छन्।

सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा समितिले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।

उनले आन्तरिक रुपमा आर्थिक क्रियाकलापहरू कम भएकाले मुलुकको राजस्वमा पनि चाप पर्ने थालेको बताए। उनले सरकारी खर्च नबढ्ने,सरकारी खर्च नहुँदा आर्थिक क्रियाकलाप विस्तार नहुँदा राजस्वमा चाप पर्ने लगायतका समस्याको दुषचक्रमा सरकार फसेको पनि बताए।

‘आन्तरिक रुपमा जब आर्थिक क्रियाकलापहरू कम हुन थाल्छन्। राजस्वमा पनि चाप पर्ने थाल्छ। सरकारले आफ्नो सरकारी खर्च गर्न नसकेको कारणले आर्थिक क्रियाकलापहरू विस्तार नहुने आर्थिक क्रियाकलाप बिस्तार नभएको कारणले राजश्वमा चाप पर्ने भइरहेको छ,’ उनले भने, ‘कुनै एउटा दुष्चक्र जस्तो अवस्थामा सरकार फसिरहेको छ। खर्च गर्ने स्रोत नहुँदा कसरी खर्च गर्नु भन्ने प्रश्नहरू पनि सँगै आउँछन्। यो चक्रलाई सरकारले तोड्नुपर्ने जरुरी छ। ऋण व्यवस्थापनमा सरकारले आन्तरिक र वाह्य दुवैतिरबाट लिन्छौं।’

पछिल्लो समय खर्च गर्ने स्रोत नहुँदा कसरी खर्च गर्नु भन्ने प्रश्नहरू आउने गरेको पनि बताए। सरकारले यस्तो दुष्चक्रलाई तत्काल तोड्नुपर्ने जरुरी रहेको बताउँदै उनले ऋण व्यवस्थापनमा सरकारले आन्तरिक र वाह्य दुवैतिरबाट लिने गरेको पनि बताए।

सरकारको राजस्वले नपुग्दा वैदेशिक अनुदान लिने र अनुदानले नपुगेर बजेट घाटामा भएपछि ऋणमा जाने गरेको बताउँदै उनले लामो समयदेखि मुलुकमा पुँजीगत खर्च गर्ने रोग जस्तै देखिएको बताए।

बजेट विनियोजनको ९० प्रतिशत पनि पुँजीगत खर्च भेट्ने भन्दै पछिल्लो ४ वर्षमा ८० प्रतिशतको हाराहारीमा पनि पुग्न नसकेको उनले स्वीकार गरे।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।