+
Search

ताजा अपडेट +

पपुलर +

३ सय ३२ स्थानीय तहले प्राधिकरणलाई ६ अर्ब ९ करोड महसुल तिर्न बाँकी

पालिका लाइभ
२०८० आश्विन २१, आईतवार

काठमाडौं- सडक बत्ती प्रयोग गरेबापत विद्युत् महसुल भुक्तानी नगर्ने ३ सय ३२ स्थानीय तहहरुको नाम नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको छ।

प्राधिकरणले आज (आइतबार) सूचना जारी गर्दै सडक बत्तीको महसुल भुक्तानी नगर्ने स्थानीय तहहरुको नाम सार्वजनिक गरेको हो।

सूचनामा ४५ दिन भित्र महशुल भुक्तानी नगरे कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ।

सडक बत्ती प्रयोग गरेवापत काठमाडौं महानगरपालिकासहित देशका सबै महानगरपालिकाले प्राधिकरणलाई महसुल भक्तानी गर्न बाँकी छ। सबै महानगरसहित देशका ३३२ स्थानीय तहले प्राधिकरणलाई भुक्तानी नगरेका हुन्।

सडक बत्तीका लागि विद्युत् प्रयोगवापत गएको असार मसान्तसम्म देशभरका ३३२ स्थानीय तहहरुबाट ६ अर्ब ८ करोड ९४ लाख ३११ रूपैयाँ उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

सडक बत्ती प्रयोग गरेवापत गएको असार मसान्तसम्मको महशुल ४५ दिनभित्रमा नबुझाए नियम बमोजिम कारबही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ।

त्यसैगरी स्थानीय तहहरुलाई मिटर नराखी आफूखुसी जथाभावी सडक बत्ती जडान नगर्न पनि प्राधिकरणले भनेको छ।

मिटर जडान नगरी बत्ती बालिएको भए ४५ दिनभित्रमा नियमअनुसार मिटर जडान गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ।

काठमाडौं महानगरपालिकाले मात्रै प्राधिकरणलाई १ अर्ब ३१ करोड ६२ लाख ९८ हजार ७७२ रूपैयाँ बक्यौता तिर्न बाँकी छ।

त्यसैगरी विराटनगर महानगरपालिकाले ८ करोड ६६ लाख ८ हजार ७०७ रूपैयाँ, ललितपुर महानगरपालिकाले २४ करोड ४१ लाख ३० हजार ३४७ रूपैयाँ, वीरगन्ज महानगरपालिकाको १७ करोड २८ लाख ६९ हजार ४६५ रूपैयाँ, पोखरा महानगरको १३ करोड ३५ लाख १४ जार ७१२ रूपैयाँ, भरतपुर महानगरपालिकाले १० करोड ६२ लाख ४१ हजार ३३० रूपैयाँ महसुल भुक्तानी गर्न बाँकी छ।

प्राधिकरणको सूचना

2023 10 08 12 03 25 gopa scaled

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ