+
Search

ताजा अपडेट +

पपुलर +

एनआईसी एशिया बैंकले ल्यायो फन्ड ट्रान्सफरमा मोबाइल फोन जित्ने अफर

पालिका लाइभ
२०८० भाद्र २२, शुक्रबार

काठमाडौं– एनआईसी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ नामक अफर सार्वजनिक गरेको छ ।

मोबाइल बैंकिङ ग्राहकका लागि बैंकले ल्याएको यस अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले १ थान स्मार्टफोन जित्ने अवसर पाउने छन् ।

यो अफर १७ भदौदेखि २० असोजसम्म लागू हुनेछ । विजेता ‘लक्की ड्र’ मार्फत घोषणा गरिने र उक्त विजेताको जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।

फन्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फन्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर ओदर्स बैंक युजिङ कनेक्ट आईपीएस छनोट गर्नुपर्ने छ । यसरी फन्ड ट्रान्सफर गर्दा कनेक्ट आईपीएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ