+
Search

ताजा अपडेट +

पपुलर +

अब आईएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाइल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने

अब आईएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाइल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने
पालिका लाइभ
२०८० भाद्र १७, आईतवार

काठमाडौं- नेपालको पहिलो डिजिटल वालेट आईएमई पे मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन्।

विभिन्न वित्तीय संस्थासंग आबद्ध भइ सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उदेश्यका साथ आईएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ।

सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले बैंकको मोबाईल बैंकिङबाट सिधै आईएमई पेमा पैसा लोड गर्न सक्नेछन्।

आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको जनाएको छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।