+
Search

ताजा अपडेट +

पपुलर +

लक्ष्मी र सनराइज बैंकले असार मसान्तभित्र एकीकृत कारोबार गर्ने

पालिका लाइभ
२०८० असार १८, सोमबार

काठमाडौँ– लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्ज भएर असारभित्र एकीकृत कारोबार गर्ने भएका छन्।

असार मसान्तभित्र एकीकृत कारोबार गर्नेगरी दुवै बैंकले मर्जरसम्बन्धी अन्तिम सम्झौता समेत गरिसकेका छन्।

समान अनुपातमा मर्जरको दुवै बैंकबीच अन्तिम सम्झौता भएको छ।

मर्जर पछि नयाँ बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक रहने सहमति भएको छ।

नेपाल राष्ट्र बैंकले २०८० असार मसान्तभित्र एकीकृत कारोबार सुरु गर्ने वाणिज्य बैंकलाई सुविधा तथा छुट प्रदान जनाएको छ।

असारभित्रै एकीकृत कारोबार सुरु गरी राष्ट्र बैंकले प्रदान गरेको सुविधा र छुट लिन बैंक हतारिएका हुन्।

असारभित्रै एकीकृत कारोबार गरे यस्ता सुविधा पाउने

२०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट देहायबमोजिमका सुविधा तथा छुट प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ।

तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने।

सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतित नभई नेपाल राष्ट्र बैंकबाट इजाजत पत्रप्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने।

एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ महिनाको समय प्रदान गरिने।

गाभ्ने/गाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने।

बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५प्रतिशत बिन्दुले थप गरिने।

एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ