+
Search

ताजा अपडेट +

पपुलर +

अब विदेशबाट आएको रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै बुझ्न सकिने

पालिका लाइभ
२०८० असार ८, शुक्रबार

काठमाडौँ– एनआईसी एशिया बैंकले अब आफ्ना ग्राहकहरुको नाममा विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ।

यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरुले आफूलाई आएको रेमिटेन्स रकम यसै बैंकमा रहेको खातामा डिपोजिट गर्न सक्नेछन्।

रेमिटेन्स रकम बुझ्नको लागि एनआईसी एसीया माेबैंक भित्रको रेमिटेन्स आइकनमा ट्याप गरेर रिसिभ रेमिटभित्र आफूलाई प्राप्त रकम र युनिक पिन राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिनेछ।

यस सेवापश्चात् ग्राहकहरूलाई रेमिटेन्स रकम बुझ्नकै लागि बैंक उपस्थित भई भौतिक फारम भरी नगद झिक्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ।

यस सेवाबाट डिजिटल कारोबारमा आम ग्राहकहरुको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकतालाई सघाउ पुग्ने बैंकले जनाएकाे छ।

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ