+
Search

ताजा अपडेट +

पपुलर +

आईएमई पे मा एअरलाइन्सको टिकट काट्दा ‘क्यासब्याकको वर्षा’

पालिका लाइभ
२०८० असार ४, सोमबार

काठमाडौँ– ‘आईएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आईएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो हप्ता असार ३ देखि आईएमई पे ले एअरलाइन्समा क्यासब्याकको वर्षा सुरु गर्दैछ।

एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखि साँझको ६ बजेसम्म कुनैपनि एअरलाइन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने छन्।

सो अन्तराल भित्रमा एअरलाइन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुट सहित यो छुट पनि पाउने छन्।

यो अफर असार ९ सम्मका लागि मात्र रहने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ