चितवन– एकीकृत समाजबादीको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्षमा सुजन ढकाल चयन भएका छन् ।
बुधबार भरतपुर स्थित पार्टी कार्यालयमा भएको भेलाले ढकालको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा दिपक थापा, पानस तामाङ र आशिष कुमाल, सचिवमा देबेन्द्र श्रेष्ठ, सह–सचिवमा केशव बर्तौला र कोषाध्यक्षमा प्रेशिला पोखरेल चयन भएका हुन् ।

एकीकृत समाजबादीका स्थायी कमिटी सदस्य तथा पूर्व कृषि मन्त्री हरि पराजुलीकाे प्रमुख अतिथि भएकाे कार्यक्रममा जिल्ला अध्यक्ष अरुण पीडित भण्डारी, उपाध्यक्ष कृष्णराज न्यौपाने लब्ली, सहसचिव तथा मोर्चा फाँट प्रमुख नरेन्द्र कन्दवा, अनेरास्ववियूका स्थायी कमिटी सदस्य विजय खनाल, केन्द्रीय सदस्य उज्जवल देवकोटा, सन्देश वाग्ले, भरतपुर महानगर कमिटी अध्यक्ष कमल कुमाल लगायतको आतिथ्यता रहेको थियो ।
जिल्ला भेला जयराम बास्कोटाको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया