+
Search

ताजा अपडेट +

पपुलर +

महेश बस्नेतको दाबी– रवि लामिछानेले चुनाव हार्छन्

महेश बस्नेतको दाबी– रवि लामिछानेले चुनाव हार्छन्
पालिका लाइभ
२०८० बैशाख ३, आईतवार

काठमाडौँ– नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले निर्वाचन हार्ने दावी गरेका छन्।

लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर २ का जनताले निर्वाचनमा हराउने नेता बस्नेतको जिकीर थियो।

शनिबार काठमाडाैंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको पनि बताए।

नेता बस्नेतले युवा र लोकप्रिय भएकाले सो निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढी रहेको बताए।

‘चितवन २ का जनताले यो नक्कली राष्ट्रवाद, यो अवसरवादी चरित्र, यो पब्लिक कम्जवसन्शनका लागि गरिने कुराहरुबाट चितवन २ मुक्त हुुन्छ। त्यहाँ नेकपा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुुन्छ,’ बस्नेतले भने, ‘रविजी त्यसलाई पछ्याउनु हुन्छ। सम्भव हिजो कृष्णभक्त पोखरेलले राम्रो काम गरेको हुनाले र आज रामप्रसाद न्यौपाने एउटा नयाँ युवाहरुको बीचमा पपुलर व्यक्ति हामीले उठाएका छौं।’

चितवन–२ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा उनले उनले जिकिर गरे।

बस्नेतले अघि भने, ‘युवाहरुलाई राजनीतिमा ल्याउनु पर्छ भन्ने मान्यता पनि छ। उहाँले सम्भावना निकै बलियो छ। कमजोर छैन भन्ने मलाई लाग्दछ। चितवनका जनताले रविजीलाई जिताउदैनन्।’

नेता बस्नेतले सरकारको काम कारबाही देश र जनताको हितमा नरहेको भन्दै आक्रोश समेत व्यक्त गरे।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।