+
Search

ताजा अपडेट +

पपुलर +

ओलीलाई विमलेन्द्रले भने– संघीयताको रक्षाका लागि सरकालाई सर्मथन गर्दा किन आशंका?

पालिका लाइभ
२०७९ माघ ५, बिहीबार

काठमाडौं- नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफूले सर्मथन गरेको प्रधानमन्त्रीले अभुतपूर्व विश्वासको मत पाउँदा किन अरुप्रति आंशका गरेको? भन्दै प्रश्न गरेका छन्।

आज उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूलाई एमाले अध्यक्ष ओलीको संविधानमाथिको भरोसप्रति प्रश्न र आशंका गरेको निधिले बताए। ‘संविधान निर्माण गर्दा हामीले राखेका थियौँ। प्रतिनिधि सभा बीचमै विघटन त हुँदैन? जबसम्म वैकल्पिक सरकारको सम्भावना रहन्छ विघटन गर्न पाइँदैन भनेर संविधानमा लेखिएको छ,’ उनले भने।

उनले गणतन्त्र र संघीयतालाई ‘बयलगाढामा चढेर अमेरिका पुगिँदैन’ भनेर टिप्पणी गरेको भनेर ओलीप्रति लक्षित गर्दै निधिले संघीयता माथिको ओलीको भरोसमा पनि प्रश्न रहेको बताए। उनले संघीयता र गणतन्त्रलाई बचाउनका लागि विश्वासको मत दिएको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ