+
Search

ताजा अपडेट +

पपुलर +

मानुषी काठमाडौँ ७ बाट चुनाव लड्ने

मानुषी काठमाडौँ ७ बाट चुनाव लड्ने
पालिका लाइभ
२०७९ आश्विन ३, सोमबार

काठमाडौँ- नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराई काठमाडौँ ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने भएकी छिन् ।

माओवादी केन्द्र र नेसपाबीच एउटै निर्वाचन चिह्नमा संयुक्त रूपमा लड्ने सहमति भइसकेको छ । तर, ती दुई दलबिच सिट बाँडफाँड भने टुंगिसकेको छैन ।

सत्ता गठबन्धनमा काठमाडौँ ७ माओवादीले पाउने र त्यहाँ मानुषीलाई अगाडि सार्ने माओवादी अध्यक्ष प्रचण्डको तयारी छ ।

स्रोतका अनुसार प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि मानुषीप्रति सकारात्मक छन् ।

गठबन्धनका शीर्ष नेताको सकारात्मक सङ्केतपछि उनले निर्वाचन तयारीसमेत थालिसकेकी छिन् ।

महिला र अध्ययनशील युवाको प्रतिनिधित्व गर्दै निर्वाचन तयारीमा जुटेको उनले बताइन् ।

शीर्ष नेता आफूप्रति सकारात्मक रहेको उनको दाबी छ ।

माओवादीले काठमाडौं ७ बाट मानुषी, २ बाट पूर्व सभामुख ओनसरी घर्ती र ३ बाट स्वतन्त्र रूपमा कुलमान घिसिङलाई उम्मेदवार बनाउन चाहेको छ ।

९ मा हितमान शाक्य र ६ मा हिमाल शर्माले दाबी गरेका छन् ।

काठमाडौँ ७ मा जसपाका नेता तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले पनि दाबी गरेका छन् ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।