काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दुवै सदनबाट पारित नागरिकता विधेयक राष्ट्रपतिले बहानाबाजी नगरीकन प्रमाणीकरण गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको अन्तिम बैठक सम्बोधन गर्दै उनले नागरिकता विधेयकलाई बहानाबाजी गरेर रोक्न नहुनेमा जोड दिएका हुन्।
नागरिकता विधेयक अब कुनै पनि बहाना नगरी छिटो जारी गर्नुपर्छ,’ भट्टराईले भने, ‘मलाई विश्वास छ राष्ट्रपतिज्यूले पारित गर्नुहुनेछ।’ नागरिकता विधेयकको मुद्दालाई दलहरुले दलीय, गुटीय र क्षेत्रीय आधारमा लम्ब्याइरहेको उनको भनाइ थियो।
अहिले नागरिकता विधेयकको कुरो आइराखेको छ।
एउटा सामान्य विषयमा नागरिकता प्रत्येक नागरिकले पाउने सामान्य नैसर्गिक अधिकार हुन्थ्यो नि,’ भट्टराईले भने, ‘त्यस्तो विषयमा पनि हामी किन विवाद गरिराखेका छौं किन? दलीय आधारमा, गुटीय आधारमा, क्षेत्रीय आधारमा यो मुद्दा हामीले लम्ब्याइराखेका छौं?’उनले नागकिरता विधेयकबारे छुद्र काम
प्रतिक्रिया