गोरखा- सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रले गोरखाको दुवै क्षेत्रमा आफ्नो दावी गरेको छ।
माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनको लागि जिल्लाको क्षेत्र नम्बर १ र २ को संघिय साम्सदमा आफ्नो एकल दावी गरेको हो।
गोरखाको क्षेत्र न. १ मा २०७४ को निर्वाचमा माओवादीबाट हरिराज अधिकारी र २ बाट नेपाल समाजवादीका नेता डा. बाबुराम भट्टराई बिजयी भएका थिए।
माओवादीले गठबन्धनको बैठकमा गोरखाको दुवै क्षेत्र आफ्नो पार्टीलाई छाड्न अडान लिएको एक नेताले जानकारी दिए।
उता नेपाली कांग्रेसले एउटा क्षेत्र जसरी पनि आफुले पाउनु पर्ने दावी गठबन्धनको बैठकमा गरेको छ। उसले क्षेत्र नम्बर २ मा दावी गरेको श्रोतले बताएको छ।
२०७४ को निर्वाचनमा डा. बाबुराम भट्टराईले कांग्रेसको मतले चुनाव जितेको भन्दै उक्त क्षेत्र जसरी पनि आफुले पाउनु पर्ने कांग्रेसले बताउदै आएको छ।
माओवादी जिल्लामा कांग्रेसलाई ३ प्रदेश क्षेत्र छाडेर भएपनि संघको दुवै क्षेत्र नछाड्ने योजनामा रहेको माओवादीका एक जिल्ला नेताले जानकारी दिए।
प्रतिक्रिया