+
Search

ताजा अपडेट +

पपुलर +

भरतपुरमा विक्रम पाण्डेले भने- अस्थिरतावादी गठबन्धनविरुद्ध राष्ट्रवादी एमालेलाई राप्रपाको साथ

भरतपुरमा विक्रम पाण्डेले भने- अस्थिरतावादी गठबन्धनविरुद्ध राष्ट्रवादी एमालेलाई राप्रपाको साथ
पालिका लाइभ
२०७९ बैशाख २५, आईतवार

चितवन– राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादी नेता भएकाले राष्ट्रवादी शक्तिलाई जिताउँन भरतपुरमा आफूहरूले एमालेलाई साथ दिएको बताएका छन् ।

नेकपा एमालेले आयोजना गरेको भरतपुर महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले ओलीलाई राष्ट्रवादी नेताको संज्ञा दिए । उनले अस्थिरतावादी गठबन्धनविरुद्ध राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्ने बताए ।

पाण्डेले भने, ‘एमालेको चुनावी सभामा विक्रम पाण्डे किन आयो ? भन्नुभयो होला । म राष्ट्रवादी शक्ति एक ठाउँमा उभिनुपर्छ भन्न आएको हुँ । त्यसैले भरतपुर र माडी नगरपालिकामा हामी मिलेर आएका छौं । विजय सुवेदीजस्तो समाजसेवीलाई भरतपुरले मेयरको रूपमा पाउँदैछ । अस्थिरतावादी गठबन्धनविरुद्ध राष्ट्रवादी शक्तिलाई तपाईंहरूले जिताउनुपर्छ ।’

भरतपुरमा राप्रपाले हिमला गुरुङलाई उपमेयरका रूपमा अघि सारेको छ । पाण्डेले भरतपुर महानगरपालिकालाई रेनु दाहालले ५ वर्षसम्म पार्टी कार्यालयका रूपमा सञ्चालन गरेको आरोपसमेत लगाए ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।