+
Search

ताजा अपडेट +

पपुलर +

जाल्पा सामुदायिक लघुवित्तकाे भच्चेकमा समिक्षा गोष्ठी

पालिका लाइभ
२०७९ बैशाख १४, बुधबार

गाेरखा- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड अर्न्तगतकाे शाखा कार्यालय भच्चेकमा शाखा स्तरिय वार्षिक केन्द्र प्रमुख समिक्षा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बुधवार अजिरकोट–३, नम्कीमा तुलसी गुरुङको कार्यक्रम सम्पन्न भएकाे हाे ।

अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्यसै संस्थाको केन्द्रिय कार्यालयका कार्यक्रम तथा ग्राहक संरक्षण विभागका विभागिय प्रमुख धर्मदत्त आचार्य प्रमुख अतिथी रहेका थिए ।

संस्थाको शाखा कार्यालय भच्चेकमा आवद्ध केन्द्रका २६० जना भन्दा वढी सदस्यहरुको उपश्थीतीमा सो कार्यक्रम उद्घाटनबाट सुरु भई वित्तीय साक्षरता सम्वन्धी प्रस्तुतीकरण, पुरस्कार वितरण र अतिथीहरुको मन्तव्य संगै समापन भएको थियो ।

कार्यक्रममा उत्कृष्ठ व्यवसायिक सदस्यको विधामा ३ जना सदस्यहरु गौरी गुरुङ, पानु तामाङ र प्रमिला थापा मगर मालवुललाई र उत्कृष्ठ केन्द्र प्रमुखको विधामा गौमाया गुरुङलाई प्रशंशा पत्र र खादा सहित सम्मान गरिएको थियो ।

साथै उत्कृष्ठ केन्द्रको विधामा पर्न सफल तिनवटा केन्द्रलाई पनि नगद पुरस्कार र प्रशंशा पत्र सहित सम्मान गरिएको थियो ।

जसमध्ये प्रथम स्थान अन्नपुर्ण जाल्पा सामुदायिक विकास केन्द्र, द्धितीय स्थान भुम्लीचोक जाल्पा सामुदायिक विकाश केन्द्र र तृतीय स्थान जलेश्वरी जाल्पा सामुदायिक विकाश केन्द्र हासिल गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ