+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम विश्लेषण : कांग्रेस र एमाले उस्तै, माओवादी केन्द्र अवसरवादी

पालिका लाइभ
२०७८ फाल्गुन २८, शनिबार

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकका अरु राजनीतिक शक्तिको विश्लेषण गरेका छन् ।

शनिबार काठमाडौंमा सुरु भएको बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराईले पेश गरेको प्रस्तावमा कांग्रेस र कम्युनिष्टको ब्राण्डनाम बाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता नभएको उल्लेख गरेका छन् ।

याे पनि,

आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारी गर्नुपर्छ : बाबुराम भट्टराई

उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्ति, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा नेकपा माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिएको उनले बताएका छन् ।

तर माओवादीले यस्ता मुद्दामा पनि अवसरवादी नीति अख्तियार गरेको भन्दै उनले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘एमालेसँग एकताको अवधिमा माओवादी केन्द्रले यी सबै सवाल छोडेको थियो र एमाले जस्तै भएको थियो ।

[pdf-embedder url=”https://www.palikalive.com/wp-content/uploads/Baburam-bhattarai-jasapa-dastabej.pdf” title=”Baburam bhattarai jasapa dastabej”]

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ