+
Search

ताजा अपडेट +

पपुलर +

ओली भन्छन्- गठबन्धन सरकारका कारण ठूला शक्ति राष्ट्र नेपाललाई खेल मैदान बनाउन उत्रिन थाले

ओली भन्छन्- गठबन्धन सरकारका कारण ठूला शक्ति राष्ट्र नेपाललाई खेल मैदान बनाउन उत्रिन थाले
पालिका लाइभ
२०७८ फाल्गुन ७, शनिबार

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनका कारण ठूला शक्ति राष्ट्रहरु नेपाललाई खेल मैदान बनाउन उत्रिन थालेको टिप्पणी गरेका छन्।

भक्तपुरस्थित सूर्यविनायक अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सहायता सम्झौताको सन्दर्भमा चीन र अमेरिकाको पछिल्लो अभिव्यक्तितर्फ संकेत गर्दै ओलीले शक्ति राष्ट्रहरु नेपाललाई खेल मैदान बनाउन उत्रिन थालेको टिप्पणी गरेका हुन्।

‘५ वर्ष अघि एमसीसी सम्झौता गरे, अहिले सरकारमा भएकाले नै त्यसलाई ठगी खाने भाँडोको रुपमा प्रयोग गरे,’ ओलीले भने, ‘एमालेलाई सरकारबाट हटाएपछि पास गर्छौं भन्ने, अहिले पर सार्दै सार्दै अन्तर्राष्टिय सम्बन्ध, विदेश सम्बन्धलाई तहस नहस पारेका छन्।’

273818772 oli

एमसीसीका सन्दर्भमा संसद्‌ले नै निर्णय लिनुपर्छ भन्ने एमालेको धारणा रहेको ओलीले सुनाए।

एमालेको धारणा एमसीसी संसद्‌मा पेस गर्दिउँ, त्यसले नै निर्णय गर्छ भन्ने रहे पनि अलिहेको गठबन्धनले त्यो काम गर्न नसकेको बताए।

‘निर्णय गर्ने ठाउँमा पुर्‍याउँ भन्दा मानेनन्, अहिलेसम्म पुर्‍याउन सकेका छैनन्। संसदमा नपुराउने, बाहिर उफ्रिने काम भएको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय सम्बन्धको स्थिति के छ? ठूला ठूला शक्ति राष्ट्र नेपाललाई खेल मैदान बनाउने गरी उत्रिन थालिसकेका छन्। अहिलेको सरकार यो कुराबाट सजग देखिँदैन।’

अन्तर्राष्ट्रिय सम्बन्ध, सहयोग र साझेदारको स्थिति खतरामा पर्दै गएकाले नेपाल अप्ठ्यारो स्थितिमा पुगेको पनि ओलीले दाबी गरे।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।