+
Search

ताजा अपडेट +

पपुलर +

बतासको सात बुँदे विज्ञप्तिः उच्च राजनीतिक सम्बन्ध स्वीकार, सम्झौता रद्द गर्न सरकारलाई चुनौती

बतासको सात बुँदे विज्ञप्तिः उच्च राजनीतिक सम्बन्ध स्वीकार, सम्झौता रद्द गर्न सरकारलाई चुनौती
पालिका लाइभ
२०७८ पुष २८, बुधबार

काठमाडौं– सांस्कृतिक तथा सार्वजनिक सम्पदामा कब्जा जमाएको विषयमा मिडियासँगै सामाजिक सञ्जाल र आमनागरिक तहमा आलोचना भएपछि बतास समूहले प्रेस विज्ञप्ति जारी गर्दै प्रष्ट पार्ने कोशिस गरेको छ।

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द राज बतासले सात बुँदे विज्ञप्ति जारी गर्दै आफूहरुले कानून बाहिर गएर काम नगरेको र गरेको देखिए कानूनअनुसार नै कारबाही गर्न पनि आग्रह गरेका छन्।

बतासको विज्ञप्तिमा उच्च राजनीतिक तहमा आफ्नो र व्यवसायिक समूहको सम्बन्ध रहेको पनि स्वीकार गरिएको छ। उक्त विज्ञप्तिमा बतासले पछिल्लो समय विवादमा परेका सबै कामको बारेमा पनि स्पष्टीकरण दिएको छ।

बतासले विज्ञप्तिमा पशुपति धर्मशाला, पाटन दरबार क्षेत्र, मानहुँकोट,गण्डकी कृषि सामग्री केन्द्र, अक्सिजन प्लाण्ट, सेती नदीको रामघाट र मोरे ड्याम तथा राजनीतिक दलका नेता र उच्च पदस्थ कर्मचारीसँगको सम्बन्धका विषयमा प्रष्ट पारेको छ।

बतासको विज्ञप्तिको पूर्णपाठ:

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।