+
Search

ताजा अपडेट +

पपुलर +

गगन थापाकाे प्रश्न : ‘नेतृत्व परिवर्तनको कुरा गर्नेहरु रातारात कसरी बदलिए ?’

पालिका लाइभ
२०७८ मंसिर २९, बुधबार

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा महामन्त्रीका प्रत्याशी गगन थापाले सभापतिको निर्वाचनमा पराजित भएपछि शेखर कोइरालाले संस्थापनसँग ४० भागबण्डा खोज्नु नहुने बताएका छन् । पार्टीमा अब गुटलाई विर्सेर विधिको आधारमा निर्णय लिनुपर्नेमा उनलेव जोड दिए ।

चुनावपछि कांग्रेस प्रतिनिधहरुलाई धन्यवाद दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले आफ्नो प्यानलबाट पराजित सभापति कोइरालालाई आफूलाई भोट दिनेहरुको जिम्मेवारी लिन आग्रह गरे ।

उनलेव भने, ‘उहाँले अबका ५ वर्ष ४० प्रतिशत मतदाताको जिम्मेवारी बोकेर हिँड्नुपर्छ । तर, ४० प्रतिशत भाग चाहिन्छ भनेर भाग शान्ति गर्ने होइन । पार्टीको पालना गर्दा ४० प्रतिशत आफैं प्राप्त हुन्ज्छ, माग्नु पर्दैन ।’

गगनले मध्यरातसमम नेतृत्व परिवर्तनको वकालत गर्नेहरु विहान भएपछि कसरी बदलिए भन्ने प्रश्न समेत गरे । उनले भने, ‘मध्यरातसम्म यो नेतृत्व दोहोरियो भने बर्बाद हुन्छ भन्नेहरु ६ घन्टापछि यो नेतृत्व नआए बर्बाद हुन्छ भन्ने अवस्थामा कसरी पुगे ?’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ