गोरखा- नेकपा (माओवादी केन्द्र)ले गोरखाका १० वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
शनिवार सम्पन्न भएको पहिलो गाउँपालिका तथा नगरपालिकाको अधिवेशनले प्रायमा सबै पुराना अनुहारका नेतृत्वको कमिटी बनाएको छ । पालुङटार नगरपालिकामा पालिका कमिटी चयन भए पनि अध्यक्षमा विवाद भएपछि अधिवेशन स्थगित भएको छ ।
पालुङटारमा विवश चिन्तन र विकास वाग्लेले दाबी गरेपछि विवाद भएको हो ।
माओवादीको विधानमा नगरपाटी समितिमा ८५ जना र गाउँपालिका पार्टी समिति ५५ जनाको रहने व्यवस्था गरेको छ भने अधिवेशनबाट सदस्यहरू चयन गरी सदस्यहरूबाट पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ ।
गोरखा नगरपालिकाको नगरपार्टी अध्यक्षमा कृष्ण राना मगर, उपाध्यक्षमा चञ्चला ज्ञवाली, रामबहादुर खड्का मंगलबहादुर बयलकोटी, सचिवमा हरीबहादुर खनाल, सहसचिवमा गोविन्द भट्टराई र कोषाध्यक्षमा विनोद अर्याल सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा सुजन पाण्डे, उपाध्यक्षमा नारायण श्रेष्ठ, मालती भट्ट र सागर श्रेष्ठ, सचिवमा मदनकुमार शाक्य, सहसचिवमा कृष्णबहादुर बि.क र कोषाध्यक्ष विष्णु पाण्डे निर्वाचित भए । आरुघाट गाउँपालिकाको अध्यक्षमा विष्णुप्रसाद खड्का, उपाध्यक्षमा डिलबहादुर रोका, अमृता लामा, पार्वती सापकोटा, सचिवमा राजकुमार ढकाल, सह-सचिवमा गमबहादुर गुरुङ र कोषाध्यक्षमा कृष्णबहादुर नेपाली, गण्डकी गाउँपालिकामा सिताराम रसाइली, उपाध्यक्षमा दानसिंह गुरुङ, मिलन मग्राती, सचिवमा तुलसी रेग्मी निर्वाचित भएका हुन् । गण्डकीमा कोषाध्यक्ष र सहसचिव पछि मनोनयन गरिने जनाइएको छ ।
सहिद लखन गाउँपालिकाको अध्यक्षमा रमेश थापामगर, उपाध्यक्षमा इन्दिरा तिवारी, कृष्ण अम्गाई, धुब्र खनाल, सचिवमा कृष्णबाबु श्रेष्ठ, सह-सचिवमा भरत खनाल, कोषाध्यक्षमा शेरबहादुर बिक निर्वाचित भए । सिरानचोक पार्टी समितिको अध्यक्षमा नवराज पुडासैनी, उपाध्यक्षमा उद्धव गुरुङ, शारदा घिमिरे र लक्ष्मी रम्तेल, सचिवमा धनबहादुर तामाङ, कोषाध्यक्षमा हेम तमु र सहसचिवमा विनोद भण्डारी निर्वाचित भएका छन् ।
चुमनुव्री गाउँपालिका पार्टी समितिको अध्यक्षमा कुमारी गुरुङ, उपाध्यक्षमा राजकुमार गुरुङ, चित्रबहादुर गुरुङ, सुरेन्द्र गुरुङ, सचिवमा बलबहादुर गुरुङ, सहसचिवमा काजी घले, र कोषाध्यक्षमा छिरिङ ध्युर्मे लामा निर्वाचित भएको माओवादीले जनाएको छ । बारपाक सुलिकोट गाउँपालिका पार्टी समितिको अध्यक्षमा नरबहादुर गुरुङ निर्वाचित भएका छन् भन्ने अन्य पदाधिकारीको निर्वाचन गर्न बाँकी रहेको छ ।
धार्चे गाउँपालिका पार्टी समितिको अध्यक्षमा लक्ष्मण गुरुङ उपाध्यक्षमा मीनबहादुर सुनार, रामकुमार गुरुङ र इन्द्रप्रसाद गुरुङ, सचिवमा सूर्यबहादुर गुरुङ, सहसचिवमा शरद गुरुङ र कोषाध्यक्षमा सबिना घले निर्वाचित भएको पार्टीले जनाएको छ । त्यस्तै अजिरकोट गाउँ पार्टी समितिको अध्यक्षमा सनिल परियार, उपाध्यक्षमा अनिता भुजेल, धनबहादुर गुरुङ, प्रदीप घले, सचिवमा प्रकाश अधिकारी, सहसचिवमा विष्णु भुजेल र कोषाध्यक्षमा प्रतलाल तामाङ सर्वसम्मत चयन भएका हुन् ।
प्रतिक्रिया