+
Search

ताजा अपडेट +

पपुलर +

फुटबल प्रशिक्षक अल्मुताइरीले एन्फासँग गरे थप तीन वर्षको सम्झौता

पालिका लाइभ
२०७८ कार्तिक १०, बुधबार

काठमाडौं- नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अझै तीन वर्षका लागि नेपाल फर्किने निर्णय गरेका छन् । प्रशिक्षक अल्मुताइरीले अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा जानकारी दिदै‌ं एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि नेपालमा जागिरलाई निरन्तरता दिने निर्णयमा पुगेकाे बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,- ’कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि मैले नेपालमा मेरो जागिरलाई निरन्तरता दिन अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको छु र सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद र मलाई नेपाल फर्काउनको लागि सबै कुरा गरेकोमा धन्यवाद ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ