+
Search

ताजा अपडेट +

पपुलर +

असार २४ गतेदेखि आउँदै युनियन लाइफ इन्स्योरेन्सको आईपीओ

असार २४ गतेदेखि आउँदै युनियन लाइफ इन्स्योरेन्सको आईपीओ
पालिका लाइभ
२०७८ असार १६, बुधबार

काठमाडौं– युनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ।

कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशत ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो।

कम्पनीले निष्कासन गर्न लागेको ६४ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनीकोषलाई छुट्याइएको छ। बाँकी ५८ लाख ५ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बताइएको छ।

कम्पनीको आईपीओ छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्ने सेयर विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।

हाल एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको कम्पनीकोे चुक्तापूँजी आईपीओ निष्कासन तथा बाँडफाँटपश्चात २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ। साथै, मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।