+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीकाे चेतावनी : विश्वासको मत नदिए चुनावमा जानु पर्नेछ

पालिका लाइभ
२०७७ चैत्र ७, शनिबार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने बताएका छन्।

बालुवाटारमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा उनले आफूलाई विश्वासको मत नदिए चुनावमा जानुपर्ने परिस्थिति आउने बताएका हुन्।

उनले आफूमाथि अविश्वासको प्रस्ताव ल्याउन पनि नसक्ने र विश्वासको मत फिर्ता लिन नसक्ने परिस्थिति रहेको बताए। उनले विरोध गर्नेहरुले पनि आफूलाई मुटुमाथि ढुंगा राखेर मत दिने बताए।

‘नत्र चुनावमा जानु पर्नेछ,’ ओलीको भनाइ उद्धृत गर्दै एक जना केन्द्रीय कमिटी सदस्यले भने, ‘चुनावमा जाँदा जनताको चाहना बुझ्नुभएकै छ।’

उनले आफूहरुले संमयमताका साथ सबै दलसँग वार्ता गरिरहेको बताए। ‘परिआए विश्वासको मत सजिलै देखाउँछौँ,’ उनले भने, ‘सरकारको लागि मरिहत्ते गर्दैनौँ। सरकार परिवर्तन भए चुनावबाट स्पष्ट बहुमत ल्याउनेछौं।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ