+
Search

ताजा अपडेट +

पपुलर +

हामी मन, वचन र कर्मले एमाले विभाजन हुन दिँदैनौँ : योगेश भट्टराई

पालिका लाइभ
२०७७ चैत्र ४, बुधबार

काठमाडौं- नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरुले समानान्तर कमिटी नबनाउने बताएका छन्।

राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले आफूहरु एकताको पक्षमा रहेको बताए।

उनले सर्वोच्च अदालतले नेकपा माओवादी र एमालेको एकतालाई खारेज गरेका कारण संगठन २०७५ जेठ २ अवस्थामा फर्किनुपर्ने बताए।

उनले ओली समूहकाहरुले छुट्टिएर गए हुन्थ्यो भने पनि आफूहरुको भेला एमालेबाट छुट्टिनका लागि नभएको प्रस्ट पारे।

‘यो भेला एमालेबाट छुट्टिनका लागि गरेको होइन, त्यसो भएको भए व्यानरमा अर्कै नाम हुन्थ्यो’, ‘उताकाहरुलाई यिनीहरु छुट्टिएर गए हुन्थ्यो भन्ने छ, यो पार्टी निर्माण गर्न हाम्रो ठूलो भूमिका खेलको छौँ। हाम्रो मेहनत, पसिना छ, लाखौँ सदस्यको सहभागिता र नेताको भूमिका छ। मन, वचन र कर्मले यो पार्टी विभाजन हुन दिँदैनौँ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ