+
Search

ताजा अपडेट +

पपुलर +

पार्टी फुट्ने आकलनसहित नेकपाका दुबै समूह यसरी गर्दैछन् आ-आफ्नो तागतको हिसाबकिताब

पार्टी फुट्ने आकलनसहित नेकपाका दुबै समूह यसरी गर्दैछन् आ-आफ्नो तागतको हिसाबकिताब
पालिका लाइभ
२०७७ मंसिर २८, आईतवार

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल यति बेला शक्ति परीक्षणमा लागेका छन्।

उनीहरूले आआफ्ना समूहका नेता कार्यकर्ता भेला गर्दै समर्थकको संख्या आकलन गर्न थालेका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

पार्टीमा वार कि पारको अवस्था आउन लागेको विश्लेषण गर्दै उनीहरूले सानो सानो समूह तथा नेताहरूको भेला गरेर आआफ्नो तागतको हिसाबकिताब गर्दैछन्। आफ्नो पक्षमा कुन कुन कमिटीमा बहुमत छ भनेर पनि उनीहरूले समूहका नेताहरूसँग बुझिरहेका छन्।

दाहाल– नेपाल समूहले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी तथा तलसम्मै आफ्नो समूह बहुमतमा रहेको जनाएका बेला ओली पक्षले पनि कमिटीगत रूपमै बहुमत–अल्पमतको हिसाब गरिरहेको छ। ‘दुवै पक्षले बहुमत–अल्पमतको जोड–घटाउ गरिरहेका छन्’, नेकपा स्रोतको दाबी छ।

प्रधानमन्त्री ओली पक्षका नेताहरूले दिनहुँ यस्ता भेला गरिरहेका छन् भने दाहाल–नेपाल समूहले पनि भेला गरेर आफ्ना धारणा राख्न थालेका छन्। उनीहरूले ससाना समूहमा भेला गर्न थालेका हुन्।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।