+
Search

ताजा अपडेट +

पपुलर +

संसदीय समितिको निर्देशन– अरु बजेट कटौती गरेर भए पनि कोरोना उपचार गर्नू

पालिका लाइभ
२०७७ कार्तिक २१, शुक्रबार

काठमाडौं- संसदको शिक्षा तथा स्वास्थ्य समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोभिड–१९ को निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार भर्चुअल माध्यमबाट बैठक बसी समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोरोना परीक्षण र उपचार निशुल्क गर्ने व्यवस्थाका लागि सुझाव र निर्देशन दिएको हो ।

समितिले निजी अस्पतालमा कोरोना संक्रमितको उपचार कति खर्चमा भइरहेको छ भन्ने अनुगमन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । सरकारले तोकेको शुल्क भन्दा बढी लिएको पाइएमा कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ