काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सचिवालय बैठकमा राम बहादुर थापा अनुपस्थित भएका छन् ।
अहिले बहुमत सचिवालय सदस्यको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको छ । केहीबेरअघि देखि अनौपचारिक छलफल सुरु भएको हो । नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरु भने बैठकमा उपस्थित भएका छैनन् ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित छन् । बैठकमा गृहमन्त्रीसमेत रहेका बादल किन सहभागी भएनन् भन्ने बारे केहि बताइएको छैन।
प्रचण्डको निवास खुमलटारमा हुने गरेका छलफलमा समेत बादल पुग्ने गरेका थिए । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बादललाई भेटेपछि उनी बैठकमा उपस्थित नभएको आकलन गरिएको छ ।
प्रतिक्रिया