+
Search

ताजा अपडेट +

पपुलर +

वैरागी बने सरकारको मुख्य सचिव, खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत सिफारिस

वैरागी बने सरकारको मुख्य सचिव, खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत सिफारिस
पालिका लाइभ
२०७७ आश्विन १५, बिहीबार

काठमाडौं- सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ।

मुख्यसचिव लोकदर्शन रेग्मीले बिहीबार राजीनामा दिएपछि मन्त्रीपरिषद बैठकले रिक्त पदमा बैरागीलाई नियुक्त गरेको हो।

सोहि बैठकले बिहीबार नै राजीनामा गरेका रेग्मीलाई बेलायत र निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ।

स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले पहिलो एजेन्डाको रुपमा रेग्मीको राजिनामा स्वीकृत गरेको थियो। त्यसपछि सबैभन्दा वरिष्ठ सचिव महेन्द्र गुरागाईंले बैठकमा मुख्यसचिवले गर्ने जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।