काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक कहिले बस्छ भन्नेबारे अन्यौलता छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आपसी समझदारीका आधारमा सचिवालयको अर्को बैठक बस्ने बुझिएको छ।
अब बस्ने सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ ।
तर, ओलीले तत्काल सचिवालय बैठक बोलाउन नचाहेको अर्को पक्षले आरोप लगाएको छ ।
दाहाल भने सचिवालय बैठक जतिसक्दो चाँडो बस्नुपर्नेमा छन् ।
प्रतिक्रिया