काठमाडौं- चेल्सीले ब्राइटनसँग खेल्दै अर्को महिना सुरु हुने इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको सुरुआत गर्ने भएको छ।
नयाँ सिजन सुरु भएकै राति पौने १ बजे ब्राइटनको मैदानमा खेल्दै चेल्सीले नयाँ सिजनको सुरुआत गर्ने भएको हो।
त्यस्तै, दोस्रो हप्ताको खेलमा चेल्सीले घरेलु मैदानमा साविक विजेता लिभरपुलको सामना गर्नेछ।
आज सार्वजनिक भएको सिजनको खेल तालिकाअनुसार सेप्टेम्बर १२ बाट सुरु हुने नयाँ सिजनको पहिलो दिन एकै समयमा ६ खेल हुनेछन्।
यसरी नेपाली समयअनुसार सेप्टेम्बर १२ तारिख राति पौने ८ बजे हुने ६ खेलमा क्रिस्टल प्यालेस र साउथह्याम्टन, फुलह्याम र आर्सनल, लिभरपुल र लिड्स, टोटेनह्याम र एभर्टन, वेस्टब्रोम र लेस्टर सिटी तथा वेस्टह्याम न्युक्यासल भिड्नेछन्।
त्यस्तै सोही दिन राति पौने १ बजे हुने खेलमा ब्राइटन र चेल्सी तथा सेफिल्ड युनाइटेड र वुल्भ्स आमनेसामने हुनेछन्।
प्रतिक्रिया